एकै दिन थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १९ जेठ / नेपालमा सोमबार २२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भए सँगै १ हजार ७ सय ९८ पुगेको छ ।

२ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

दैलेखमा ४१ जना, जुम्लामा १९ जना, सल्यानका १० जना, सुर्खेत बराहतालका ५ जना, कपिलवस्तुमा ४० जना संक्रमित थपिएको उनले बताए ।

रौतहटमा १८ जना, बाँकेमा ७ जना, दाङका ९ जना, धनुषामा ७ जना, सिराहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीका ३८ जना, कैलालीमा १४ जना, झापामा दुई जना, नवलपुरमा ३ जना संक्रमित थपिएका छन् ।

कञ्चनपुर, अछाम, बैतडी, मकनपुर, काठमाडौं र डोटीमा एक एक जनामा थपिएका छन् । अहिले सम्म २२१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...