पुनर्निर्माण प्राधिकरणः कोरोना महामारीमा ६७ जना इन्जिनियर सहित ५ सय कर्मचारी बिचल्लीमा

काठमाडौं, १८ जेठ / देशमा लकडाउन चलिरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (भवन) ले परामर्शदाता मार्फत खटिएका झन्डै ५ सय कर्मचारीहरुलाई कामको जिम्मेवारीबाट मुक्त गराई तलब सुविधाबाट बन्चित गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (भवन) को इ.एच.आर.पि जाइका (EHRP-JICA) प्रोजेक्टको परामर्शदाता ओरेन्टल कन्सल्ट ग्लोबल (ओसिजि)को स्थानीय पार्टनर संस्था ट्रेनिङ्ग सेन्टर नेपाल प्रा.लि.मा कार्यरत ६७ जना इन्जिनियरहरु सहित झण्डै ५ सय जना विभिन्न तहमा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारीबाट मुक्त गरेको हो ।

वैशाख ३ गते बाट डिमोबिलाइजेसन गरी कामकाज नगर्न भनी प्राधिकरण अन्तर्गतको आयोजना कार्यन्वयन इकाइले निर्णय गरेको छ । प्राधिकरणको निर्णयले विश्वमा फैलिएको महामारीवाट जोगिन नेपाल सरकारले चैत्र ११ देखी गरेको लकडाउनको अबधीमा पनि घरमै बसी काम (वर्क फ्रम होम) गरिरहेका कर्मचारीलाई अकस्मात डिमोबिलाइज गर्दा कर्मचारीहरु अप्ठेरोमा परेका छन् ।

नेपाल सरकारले २०७७ वैशाख १५ गते राजपत्रमा प्रकासित सुचना अनुसार कुनै सरकारी कार्यालय, निकाय वा उद्योगमा कार्यरत कर्मचारी वा श्रमिकलाई सार्वजनिक विदा कायम गरी तलव भत्ता उपलब्ध गराउन आदेश दिइसकेको अवस्थामा सरकारी निर्यणको अपहेलना गर्दै परामर्शदाता कम्पनीमा कार्यरत सम्पूर्ण विदेशी कर्मचारी तथा ८ जना माथिल्लो तहका नेपाली कर्मचारीहरूलाई मात्रै कामकाजमा खटाइएको विषय विभेदपूर्ण मनशायबाट उत्प्रेरित भएको कुरा संघर्ष समितिका संयोजक ई राजन थापाले बताएका छन् ।

समान प्रकृतिको काम गर्ने जिल्ला आयोजना कार्यन्वयन इकाइ (भवन) का सम्पुर्ण कर्मचारी, व्यक्तिगत परामर्शदाता लगायतलाई भने काममा परिचालन हुनका लागि मिति २०७७ बैशाख १६ गते, केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (भवन)को परिपत्रले निजी आवासको मुख्य हिस्साको रुपमा रहको EHRP-JICA प्रोजेक्टका फिल्डमा कार्यरत सम्पूर्ण कर्मचारीलाई डिमोबिलाईज गर्नुमा केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (भवन)को नियतमा प्रश्न चिन्ह खडा गरेको छ ।

कमेन्टहरु
Loading...