कोरोनाबाट मृत्यु भएकी महिलाको सुरक्षाकर्मीद्धारा आर्यघाटमा अन्त्यस्टी

काठमाडौं, ४ जेठ / कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शनिबार राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको विद्युतीय शवदाह गृहमा अन्त्यस्टी गरिएको सुरक्षा निकायल जानकारी दिएको छ ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्स मार्फत पशुपति आर्यघाट लगिएको र धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका सीमित सदस्य आर्यघाट पुगेका थिए ।

मन्त्रालयका अनुसार मृतक महिला ८ दिनकी सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक स्थित घर गएकी थिइन् ।

तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनको घर र माइती दुबै ठाउँका वडा शिल गरिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...