बागलुङमा अर्को एक जना कोरोना संक्रमित

कोरोना भाइरस कोभिड–१९
0 1,504

पोखरा, २० चैन / नेपालमा कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरबाट काठमाडौं पोखरा हुदै बागलुङ घर पुगेकी एक महिलामा बिहीबार कोरोना पुष्टि भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलामा कोरोना देखीएको हो ।

कतार एयरको ६५२ नम्बरको विमानमा नेपाल आएका काठमाडौ र बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएपछि सोही विमानमा सवार बागलुङ नगरपालिका ३ की महिलाको स्वाब परीक्षणका लागि सोमबार काठमाडौं पठाइएको थियो ।

परीक्षणबाट ती महिलामा पनि कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । उनी फागुनको दोस्रो सातामा कान्छी छोरी भेट्नका लागि बेल्जियम पुगेकी थिइन् । छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नभएको भन्दै धेरै दिनसम्म उनको नमुना संकलन समेत गरिएको थिएन ।

संक्रमित युवती र महिला सवार विमानमा सँगै आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमित बागलुङ नगरपालिका ४ कुडुलेकी युवती सँगै काठमाडौं उत्रिएर पोखरा हुँदै बागलुङ आएकी महिला घरमै परिवारसँगै बसेकी थिइन् ।

उनको परिवारमा ९० वर्षीय ससुरा, बुहारी र दुई नाती छन् । एउटै विमानमा आएकी काठमाडौंकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएर कुडुलेका युवतीलाई सामान्य ज्वरोको लक्षण देखिएपछि मात्रै ती महिला होम क्वारेन्टाइनमै छुट्टै बस्दै आएकी छन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...