नेपाल थप एक जनामा कोरोनाको संक्रमण भेटियो

काठमाडौं, १२ चैत / नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । एक युवाको स्बाव परीक्षण गर्दा मंगलबार राति १२ बजे कोरोनाको संक्रमण पुष्टि भएको हो ।

खाडी मुलुकबाट आएका ती युवा कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खोजी भइरहेको उनले बताए । ती युवा अहिले टेकु अस्पतालको आइसोलेनसमा उपचाररत छन् ।

यसअघि गत आइतबार फ्रान्सबाट आएकी १९ वर्षीय युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । नेपाल कोरोनाको संक्रमण देखीएको यो तेस्रो हो ।

कमेन्टहरु
Loading...