कोरोनाको बिरामी जाँच्ने तीन वटा बुथ निर्माण, पोखरामा गण्डकी अस्पतालमा राखीने

पोखरा, २३ चैत / राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाको बिरामी जाँच्ने तीन वटा बुथ निर्माण गरेको छ । काठमाडौं, ललितपुर र पोखरामा एक एक वटा बुथ तयार भएको महाबिर पुनले फेसबुकमा लेखेका छन् ।

काठमाडौंमा दिपकराज देवकोटाको टीमले बनाएको बुथको परीक्षण बीर अस्पतालको डाक्टरहरुले राष्ट्रिय आविष्कार केन्द्रमा गरेको उनले लेखेका छन् । त्यसै गरी पोखरा विश्व विद्यालयमा रबि भण्डारीको टीमले बनाएको बुथको परीक्षण गण्डकी अस्पतालको डाक्टरहरु गरेका छन् ।

ललितपुरमा बिष्णु जंग बस्नेतको टीमले बनाएको बुथको परीक्षण आज पाटन अस्पतालमा हुनेछ । परीक्षण पछि सके सम्म भोली देखि ति बुथहरु बीर अस्पताल, पाटन अस्पताल र गण्डकी अस्पतालमा संचालनमा आउने उनले बताए ।

उनले काठमाडौंको ट्रमा सेन्टरको बिग्रेको भेन्टिलेटरहरु निर्माणको काम भईरहेको बताएका छन् । सो बुथबाट डाक्टरले सुरक्षित रुपमा कोरोनाको बिरामी जाँच्न सक्ने छन् ।

सो बुथमा डाक्टरले पिपिई नलगाइ नै परीक्षण गर्न सक्ने छन् । यस्तो प्रयोग दक्षिण कोरियाले पनि गरेको थियो । सिसाको बुथमा दुईवटा प्वाल बनाएर पन्जाबाट विरामीको बारेमा जाँच गर्ने छन् ।

कमेन्टहरु
Loading...