नेपालमा थप ३ जना कोरोना संक्रमण, १२ जना पुग्यो

वीरगञ्ज, ३० चैत / नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडा स्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । भारत नेपाल आएका २४ जना सहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो ।

वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।

उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका थिए । नेपाल यस अगाडी ९ जना कोरोना संक्रमण देखिएको थियो । ८ जना अस्पतालमा छन् भने एक जना निको भएर घर फर्किसकेका छन् ।

कमेन्टहरु
Loading...