कोरोना विशेष अस्पताल चितवनमा मृत्यु भएका युवक मिर्गौला पीडित

218

चितवन, ११ चैत/ कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएका एक बिरामीको मृत्यु भएको छ ।

चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार बिहान भर्ना गरी आइसोलेसनमा राखिएका ३० वर्षीय एक युवकको मंगलबार बिहान मृत्यु भएको हो ।

कोरोना अस्पतालका एक चिकित्सकका अनुसार सोमबार बिहान चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट रिफर गरी उपचारका लागि भर्ना गरिएको थियो । वीरगञ्जका ती युवकको शव अस्पतालमै राखिएको छ ।

कोरोनाको लक्षणसँग मिल्दोजुल्दो समस्या पाइएपछि चितवन मेडिकल कलेजले कोरोना अस्पतालमा रिफर गरेको ती चिकित्सकले जानकारी दिए । उनका अनुसार मृतक युवक मिर्गौला सम्बन्धी रोगबाट ग्रस्त थिए ।

मृतक युवकलाई कोरोना भएको आशंकामा कोरोना अस्पतालमा आइसोलेसनमा राखिएको थिया । ती युवकको घाँटीको स्वाब निकालेर सोमबार नै नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ । कोरोना भाइरस परीक्षणको रिपोर्ट मंगलबार साँझसम्म वा बुधबारसम्म आइपुग्ने ती चिकित्सकले बताए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Comments are closed.