नेपालमा थप ७ जनामा कोरोना, संक्रमितको संख्या १०९ पुग्यो

पोखरा, २७ वैशाख / नेपालमा थप सात जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोराना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयका सह प्रवत्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उदयपुर भुल्के निवासी १८, ४५ र ६५ बर्षिया महिलाहरु, कपिलबस्तु निवासी, १७ र दुई जना १८ बर्षिय पुरुष र पर्सा छपकैया निवासी ६२ बर्षिय पुरुषमा कोरोना देखीएको उनले बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

कमेन्टहरु
Loading...