थप ९० जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा २ थपिए, संक्रमितको सख्या ७७२ पुग्यो

पोखरा, १३ जेठ / मंगलबार एकै दिन नेपालमा ९० जनामा कोरोना संक्रमित थपिएका छन् ।

महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको देवकोटाले बताए ।

स्याङजामा २ जना थपिए सगँ गण्डकी प्रदेशमा संक्रमितको सख्या ७ पुगेको छ । त्यस मध्ये २ जना निको भएर घर फर्कि सकेका छन् ।

कमेन्टहरु
Loading...