शुक्रबार झापामा ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण देखियो

पोखरा, १२ वैशाख / नेपालमा शुक्रबार पनि थप एक जनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितको सख्या ४९ पुगेको छ । जसमा १० जना निको भएर घर फर्किसकेका छन् ।

 

हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १ छ | जो झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ | हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ

डा. समिरकुमार अधिकारी
सह-प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अध्यावधिक मिति: २०७७ बैशाख १२ गते, साँझ ७:४५ बजे
कमेन्टहरु
Loading...