मुलुक इतिहासकै कमजोर अवस्थामा : कोइराला

२३ माघ, जनकपुर । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सर्वसत्तावादी सोचका कारण मुलुक इतिहासकै कमजोर अवस्थामा आरोप लगाउनु भएको छ । उहाँले भट्टराईले मुलुकमा संकट सिर्जनमा गरेर मुलुकलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको वताउनुभयो ।

मंगलवार जनकपुर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै कोइरालाले राष्ट्र कमजोर अवस्थामा पुगेका वेला मुलुकलार्इ बचाउन दलहरु मिल्नुको विकल्प नरहेको वताउनुभयो । कोइरालाले वर्तमान सरकार नै सहमतिको बाधक भएकाले वर्तमान सरकारलाई आन्दोलनवाटै घुँडा टेकाउने चेतावनी दिनुभयो । आफुहरुले सरकारविरुद्ध थालेको आन्दोलन सत्ताका लागि नभएर सरकारमा रहेका एमाओवादीसहितका दलहरुलाई सहमतिमा ल्याउनका लागि भएको कोइरालाको भनाई थियो ।

उहाँले एकीकृत माओवादीले पटक-पटक झुटको खेती गरेर आफूहरुलाई झुक्याएकाले उसंग सहमतिका नाममा अब कुनै नयाँ सम्झौता हुन नसक्ने वताउनुभयो । कोइरालाले भन्नुभयो,’लोकतन्त्र नै धरापमा पार्ने एमाओवादसंग कुनै सहमति हुँदैन । ‘ कोइरालाले एमाओवादीले विभिन्न बहानामा सत्ता लम्ब्याउन खोजेको आरोप लगाउनुभयो । कोइरालाले एमाओवादीले अन्तरिम संविधानको मर्मलाई लत्याउदै जनतालाई झुटो आश्वासन बाँड्ने गरेको आरोप लगाउनुभयो ।

कमेन्टहरु
Loading...