हात जोडेर भए पनि बैद्य र उपेन्द्रलाई चुनावमा ल्याउँछु : कोइराला

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चार दलको सेण्डिकेटलाई ब्रेक गर्ने बताउनु भएको छ । आगामी महिनाबाट राजनीतिक समितिको नेतृत्व आफूमा आएपछि आफैले मोहन बैद्य किरण र उपेन्द्र यादवसँग वार्ता गरेर निर्वाचनमा ल्याउन प्रयत्न थाल्ने उहाँको भनार्इ छ ।

susil koiralaरिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा कोइरालाले भन्नुभयो-’उहाँहरुलाई हात खुट्टा जोडेर भए पनि म सहमतिमा ल्याएर निर्वाचनको बातावरण बनाई छाड्छु । उहाँहरुलाई पनि राजनीतिक समितिमा राख्छु र चार दलको सेण्डिकेटलाई ब्रेक गर्छु ।’

प्रचण्ड चीनबाट फर्केपछि यो अभियानलाई आफू अघि बढ्ने उहाँको भनाई छ । बैद्य सिद्धान्त निष्ठ, त्यागी नेता भएको र अहिलेसम्म निर्वाचनको विरोध नगरेकोले पनि उनी सहमति आउने कोइरालाको विश्वास थियो ।

कोइरालाले आगामी संविधानसभाको निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने स्पष्ट पर्नुभयो । सम्बन्धीत निर्वाचन क्षेत्रमा जित्ने उमेदवारलाई छाड्ने गरी तालमेलग गर्ने भन्दै उहाँले भन्नुभयो-’अहिले मुलुक कठिन अवस्थामा छ । त्यसैले सबैले मिलेर काम गर्नु पर्छ ।’

प्रजातन्त्रिक पार्टी कमजोर हुँदा मुलुकमा प्रजातन्त्र कमजोर भएको र त्यसले राष्ट्र कमजोर बनाएको भन्दै कोइरालाले कांग्रेसको पक्षमा आगामी निर्वाचनबाट बहुमत आउन आवश्यक रहेको बताउनु भयो । असारमै निर्वाचन गर्ने सहमति भए पनि प्राविधिक कारणले सम्भव नहुने देखिएको भन्दै उहाँले बार्तिक वा मंसिरमा निर्वाचन हुने बताउनु भयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...