मञ्चमै हतियार बुझाएर भूमिगत समूहका नेता कांग्रेस प्रवेश

112

२६ चैत, नवलपरासी /शसस्त्र भूमिगत संगठनका एक नेता नेपाली काँग्रेस महासमिति वैठकको उद्घाटन समारोह चलिरहेका वेला मञ्चमै हतियार वुझाएर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नवलपरासी जिल्ला सभापति देवेन्द्रराज कँडेलको पहलमा भूमिगत संगठनका एक नेता नेपाल सरकारका प्रतिनिधि प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकलाई हस्तान्तरण गरी पार्टी प्रवेश गरेका हुन् । उनले मञ्चमै आफूसंग रहेका थ्री नट थ्री हतियार एक थान, १२ बोर पेस्तोल २ थान, थ्री नट थ्रीका चार वटा गोली, र १ म्याग्जीन हतियार मञ्चमै प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।

यस्तै नेकपा-माओवादीका नेतासहित अन्य पाँच सय कार्यकर्ता पनि सोमवार नै काँग्रेसमा पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी सभापति सुशील कोइरालाले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको हो । पार्टी प्रवेश गर्नेहरुमा नवलपरासी गोलुवाका माओवादीका नेता भूमेश्वर महतो, लगायत पाँच सय कायकर्ता रहेका छन् । cp. onlinekhabar.com

 

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...