चुनावमा बहुमत ल्याउने कांग्रेसको उद्‌घोष

बालकृष्ण अधिकारी, परासी, चैत २६- कांग्रेस शीर्ष नेताले आगामी चुनावमा पार्टीले अत्यधिक बहुमत ल्याउने उद्‌घोष गरेका छन्। महासमिति बैठक उद्‌घाटन गर्दै उनीहरुले आगामी निर्वाचनमा नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी हुने घोषणा समेत गरे।

पारसीमा भएको महासमिति बैठक उद्घाटन सत्रलाई सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा लगायतले सम्बोधन गरेका थिए। उद्घाटन सत्र सकिए लगत्तै नेता तथा कार्यकर्ताहरु सदरमुकाम परासीस्थित आदर्श उच्च माविबाट त्रिवेणीधामतर्फ लागेका छन्।

महासमिति बन्दसत्र पूर्णभद्र, सोनाभद्ररस्व्य नारायणी नदीको संगमस्थल त्रिवेणीधाम प्रख्यात तिर्थस्थल भोलीदेखि सुरु हुँदैछ। आज साँझसम्म सबै नेता तथा कार्यकर्ता त्रिवेणी धाम पुगिसक्ने जिल्ला सभापति देवेन्द्रराज कँडेलले जानकारी दिए।

त्रिवेणी धाममा नेताहरुको आवास व्यवस्था गरिसकिएको छ। शीर्ष नेताहरुलाई गजेन्द्रमोक्षधाम आश्रमस्थलभित्र रहेको नारायणी र गण्डकी भवनमा बस्ने व्यवस्था गरिएको छ भने केन्द्रीय सदस्यका लागि आश्रमभित्रको गुरुकुल विद्यालय भवन र अन्य अतिथि गृहमा व्यवस्था छ। दुई सय महिलाको लागि आश्रमस्थलको मुक्तिनाथ पिठ संस्कृत माविमा व्यवस्था गरिएको आयोजकले जनाएका छन्।

निर्वाचन मिति नजिक आइरहेका बेला मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीले कार्यकर्तासँग साक्षात्कार गर्ने गरी महासमिति बैठक बोलाएको हो। cp.

कमेन्टहरु
Loading...