असार मै निर्वाचन(महामन्त्री सिह

पोखरा २० चैत्त/नेपाली काग्रेसका महामन्त्री प्रंकाशमान सिँहले असार महिना मै संविधान सभाको निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय कमिटिले आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा महामन्त्री सिँहले राजनितिक पार्टीहरु निर्वाचनको तयारीमा लागीसकेको बताउदै निर्वाचन हुनेमा ढुक्का हुन अनुरोध गरे ।

निर्वाचनका लागी दलहरु गाँउ तर्फ लागी सकेको बताउदै यसबाट नभाग्न आग्रह गरे । उनले पहिलो संविधान सभाको निर्वाचनमा काग्रेँसले हारेका कारण संविधान निर्माण हुन नसकेको जिकिर गर्दै लोकतन्त्रवादीहरुको पराजले सिंगो देशलाई नै पराजय बनाएको स्मारण गर्दै आन्दोलनको उपलब्धीलाई संस्थागत गर्न लोकतान्त्रिक शक्तिलाई विजय बनाउनु पर्ने बताए ।

कार्यक्रममा नेपाली काग्रेँसका केन्द्रिय सदस्य बद्रि पाण्डेले निर्वाचनका लागी सबैलाइ तयारी हुन आग्रह गरे । उनले सम्पुर्ण दल निर्वाचनमा लागी सकेको बताउदै कार्यकर्तालाई निर्वाचनका लागी तयार हुन अनुरोध गरे । त्यसै गरि कास्की काग्रेसका सभापति यज्ञ बहादुर थापाले विद्यार्थीहरुले सिर्जनाशिल राजनिति गर्नुपर्ने बताए । उनले नेविसंघले शैक्षिक क्रियाकलप देखी लिएर विद्यार्थीहरुको हक अधिकारका लागी कार्य गर्नुपर्नेमा जोड दिए ।

पोखरा विश्व विद्यालय सभापति राजन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेविसंघ कास्कीका सभापति कल्याणबाबु भण्डारी, नेविसंघ नेता दिपक भट्टराइ, पोवि भिसि प्रा डा खगेन्द्र भट्टराइ, रजिष्टर डा मान बहादुर केसि शुभकामना दिएका थिए ।

 

कमेन्टहरु
Loading...