सहकारी दिवसको अवसरमा पामेमा सरसफाई

पोखरा, १९ चैत /६२ औं सहकारी दिवस अवसर पारेर पोखरा महानगरपालिका २४ पामेमा सरसफाई गरेको छ । पामे बचत तथा ऋण सहकारी सस्थाको आयोजनमा पामे बजार र आसपासको क्षेत्रको सरसफाई गरेको हो ।

सरसफाइ कार्यक्रममा फेवा क्लब पामे, फेवा आमा समुह, सिर्जनशिल आमा समुह, प्रहरी चौकी पामे, स्थानीय बासिन्दा, स्थानीय महिला स्वयमसेवीका लगाएतका समुहहरुले सर सफाइ र जनचेतना मुलक कार्यक्रममा सहभागीता जनाएको पामे बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सुर्यमोहन पराजुलीले जानकारी दिए ।

उनले पामे क्षेत्रमा रहेका प्लास्टिक लागएतका फोहोरहरु संकलन गरेको र अन्य कुहिले फोहोरलाई मल बनाउनका लागि व्यवस्था गरेको बताए । यस वर्षको सहकारी दिवसको नारा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी रहेको छ ।

कमेन्टहरु
Loading...