पोखराको क्लब नाइन्टी नायनमा आगोलागी ५० लाख भन्दा बढिको क्षती

पोखरा, २७ कार्तिक/ पोखराको लेकसाइडमा रहेको क्बल नाइन्टी नायनमा आगोलागी हुदा ५० लाख भन्दा बढिको क्षती भएको छ । विहान लागेका आगोलाई प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासीन्दाले करिब २ घण्टाको प्रयास पछि आगो नियन्त्रण लिएको थियो । नियन्त्रणमा लिनका लागि दमकल, पानिका ट्रेङकरहरु प्रयोग गरि आगो नियन्त्रणमा लिएको थियो । सुतिरहेका बारका कर्मचारीले धँुवा आएको देखेपछि हल्लाखल्ला गरेका थिए । आगोलागी भएको एक घण्टापछि मात्रै दमकल आउदा बढि क्षत्री भएको भन्दै स्थानीय आक्रोस पोखेका थिए ।

आगोलागीबाट क्लबको मुख्य हल पुर्ण रुपमा ध्वस्थ भएको छ । आगोलागीबाट ५० लाख भन्दा बढि क्षति भएको प्रारम्भीक अनुसन्धानले देखिएको वडा प्रहरी बैदामका प्रहरी निरिक्षक झबिन्द्र भट्टराईले जानकारी दिए । उनले दिपावलीको लागि बालिएको झिलमिल बत्ती तातेर बिद्युत सर्ट भएपछि आगोलागेको प्रारम्भीक अनुसन्धानले देखीको बताए ।

बेलैमा आगो नियन्त्रणमा लिएकाले अन्य घरहरु र क्बलको किचन जल्नबाट बचाएको भट्टराईको भनाई थियो । क्लब रणबहादुर राउतको घरमा संचालन हुदै आएको थियो भने धर्मसिंह लामिछाने, सुनिल गुरुङ्ग, अशोक पराजुली, माधव पौडेल र हरी गिरीले सन्चालन गर्दै आएका थिए । पोखरामा एउटा मात्रै दमकल हुदा बेलैमा आगो नियन्त्रण हुन नसक्दा धेरै धनजनको क्षत्री हुदै आएको छ ।

कमेन्टहरु
Loading...