कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने

काठमाडौं, १३ साउन/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा बोर्डका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा र बैठक समेत डाकिएको जानकारी दिएको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ ।

परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ ।

बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलनअनुरुप बोर्ड बैठक आहृवान गरिएको हो । कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो ।

कमेन्टहरु
Loading...