कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ, १३ साउन / राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन भएको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गरेको छ ।

बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायको परीक्षाफल प्रकाशित गरेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परीक्षामा नियमित तर्फ २ लाख ९२ हजार १ सय ५३, ग्रेडबृद्धि तर्फ ७८ हजार ७ सय ४४ र आंशिक तर्फ ५७ हजार १ सय ७० परीक्षार्थी सहभागी थिए ।

कमेन्टहरु
Loading...