कक्षा ११ को नतिजा यसै साता गर्ने तयारी

काठमाडौं, १८ असोज / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने तयारी थालेको छ । नतिजा प्रकाशनका

लागि आवश्यक सबै काम अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । अहिले विद्यार्थीको

हाजिरीलाई रुजु गर्ने काम भइरहेको छ ।

पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि परीक्षा फाराम भरेका थिए । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म

सञ्चालन भएको थियो ।

कमेन्टहरु
Loading...