कक्षा १ देखि ९ को परीक्षा चैत ५ गतेभित्र सकाउन अनुरोध

Ganthan logo 600px

काठमाडौं, २१ फागुन / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले कक्षा १ देखि ९ को परीक्षा चैत ५ गतेसम्म सकाउन अनुरोध गरेको छ ।

आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै विश्वभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले सतर्कता अपनाउन कक्षा १ देखि ९ को वार्षिक परीक्षा चैत ५ गतेभित्र सकाउन भनेको हो ।

त्यसै गरि विद्यालयमा सभा, समारोह, वार्षिकोत्वस लगायतका कार्यक्रम आयोजना नगराउन मन्त्रालयले आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको जोखिममा राखेको छ । वृद्धवृद्धा र बालबालिकामा कोरोनाभाइरसको जोखिम उच्च हुने गरेको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...