कस्ले अग्रता लिएको छ कस्ले जित्यो हेरौ

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ वाट विजयी हुनु भएको छ । खनालले आफ्ना प्रतिद्वन्द्वी काँग्रेसका हिमालय कर्माचार्यलाई पराजित गर्नु भएको हो । खनालले १७ हजार ३ सय ४० मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी काँग्रेसका हिमालय कर्माचार्यले १५ हजार ५ सय २७ मत प्राप्त गर्नु भयो । खनाल यसअघि २०६४ सालको निर्वाचनमा पनि इलाम क्षेत्र नम्बर १ वाटै विजयी हुनु भएको थियो  ।
एमाओवादीले जितेको १३ क्षेत्रहरु 

  1. सिन्धुली ३ हरिवोल गजुरेल १२७७०
  2. मोरङ ४ शिवकुमार मण्डल ९३६०
  3. गोरखा १ डा. बाबुराम भट्टरार्इ २२८२४
  4. गोरखा २ हितराज पाण्डे २०७६१
  5. बर्दिया ३ सन्तबहादुर थारू १४३०३
  6. बर्दिया ४ मानबहादुर थारू १४५७४
  7. अर्घाखाँची १ टोपबहादुर यमाझी १२२८६
  8. रूकुम १ गणेशमान पुन १८५९८
  9. रूकुम २ जनार्दन शर्मा
  10. सिन्धुपाल्चोक २ अग्नि सापकोटा १२८०८
  11. सप्तरी ३ उमेशकुमार यादव
  12. रोल्पा १ कृष्णबहादुर महरा ११३९३
  13. महोत्तरी १ गिरिराजमणि पोख्रे
 भोजपुर क्षेत्र नं. १ मा एमालेका कृपाशुर शेर्पा विजयी 
भोजपुर क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार कृपाशुर शेर्पा विजयी हुनुभएको छ । केहीबेर अघि मूख्य निर्वाचन अधिकृतको कार्यालयले वहाालाई विजयी घोषित गरेको हो ।
विजयी हुनभएका शेर्पाले ११४५० मत प्राप्त गर्नुभएको छ भने वहााका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मराज राईले ८९७० मत प्राप्त गर्नुभयो ।
यो क्षेत्रमा एकीकृत माओवादीका उम्मेदवार खेम नेपाली तेस्रो र संघीय समाजवादी पार्टीका केन्द्रीय उपमहासचिव अजम्मर काङमाङ राई चौथो स्थानमा सीमित हुनुभयो ।
नुवाकोट क्षेत्र नम्बर १ बाट काँग्रेस नेता अर्जुननरसिंह केसी विजयी 
नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी विजयी हुनु भएको छ । उहाँले आफ्नो प्रतिद्वन्द्वी एमाओवादीकी विमला सुवेदीलाई पराजित गर्नु भएको हो  । काँग्रेसका केसीले १७३४६ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिद्वन्द्वी एमाओवादीकी सुवेदीले ९१८५ मत ल्याउनु भयो । यसअघि २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा केसी सुवेदीसंग पराजित हुनु भएको थियो ।
रुपन्देही १ मा एमालेको अग्रता 
एमालेका छविलाल विश्वकर्मा १३८६५
कांग्रेसका अब्दुल रज्जाक १३५९९
मनाङको समानुपातिकको मतगणना सम्पन्न भएको छ । सबैभन्दा बढी कांग्रेसले १५०० सय मत पाएको छ । राप्रपाले १ हजार ३३, एमाओवादीले ५ सय ३२ र एमालेले ४१९२ मत पाएको छ । ४१ सय ९२ मत खसेको मा ४१४४ सदर भएको थियो ।
कमेन्टहरु
Loading...