देशभरि ४० प्रतिशत मत खस्योः गृह प्रवक्ता दोस्रो संविधान सभाको चुनाव (फोटो फिचर सहित )

पोखरा, ४ मंसिर /अहिलेसम्म देशभरि ४० प्रतिशत मत खसेको सरकारले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले दिएको जानकारी अनुसार सबैभन्दा बढी इलाममा ५५ प्रतिशत मत खसेको छ । त्यस्तै धनकुटामा मध्यान्हसम्म करिव ५० प्रतिशत मतदान भएको छ । त्यसैगरी रामेछापमा पनि सोही हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । झापा जिल्लामा पनि मध्यान्हसम्ममा करिव ४५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाकारी दिएको छ ।

संविधानसभाको निर्वाचन देशभर आज बिहान ७ बजेदेखि सुरु भएको छ। निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न देशभरका मतदाता उत्साहका साथ अहिले निर्धारित मतदान केन्द्रहरुमा लामबद्ध भइरहेका छन्। मतदान कार्य बिहान ७ बजेदेखि प्रारम्भ भई साँझ ५ बजेसम्म जारी रहनेछ। सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले देशको राजनीतिक रुपरेखा तय गर्न आज दोस्रोपटक संविधानसभाको निर्वाचनमा मत हाल्न लागेका हुन्। आफ्नो संविधान आफ्नै प्रतिनिधिमार्फत लेख्नका लागि जनताले छ दशकदेखि विभिन्न आन्दोलन गरी ठूलो बलिदान दिइसकेका छन्।
आजको निर्वाचनमा करिब एक करोड साढे एक्काइस लाख मतदाताले अठार हजार ४५७ मतदान केन्द्रमा मत खसाल्ने छन् भने प्रत्यक्षतर्फ २४० र समानुपातिकतर्फ ३३५ गरी ५७५ जनप्रतिनिधि संविधानसभाका लागि चुनिनेछन्। बाँकी २६ जना राष्ट्रिय जीवनका प्रतिष्ठित व्यक्तिहरुमध्येबाट नवनिर्वाचित सरकारले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ। संविधानसभामा जम्मा ६०१ सदस्यको प्रतिनिधित्व हुनेछ। तस्वीर ः सागर राज तिमिल्सिना, नारायण आचार्यchunabe pokhara (14) chunabe pokhara (2) chunabe pokhara (3) chunabe pokhara (4) chunabe pokhara (5) chunabe pokhara (6)chunabe pokhara (8) chunabe pokhara (9) chunabe pokhara (10) chunabe pokhara (12) chunabe pokhara (13)

कमेन्टहरु
Loading...