चुनाव नभए राजालाई नारायणहिटी भित्र्याउँछौं : लावती

तेह्रथुम, जेष्ठ १६ – राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीले आगामी मंसिरमा पनि चुनाव हुन नसके ०६२/०६३ को जस्तै आन्दोलन गरेर पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबारमा भित्रयाउने चेतावनी दिएका छन् ।

imageराजासहितको हिन्दु राष्ट्र स्थापना भए मात्र जनताले प्रजातन्त्रको अनुभुती गर्न पाउने भन्दै लावतीले त्यसकालागि पार्टी चुनावी अभियानमा होमीसकेको बताए ।

राप्रपा नेपाल तेह्रथुमले म्याङलुङमा बिहीबार आयोजना गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै सहअध्यक्ष लावतीले राजा बाहिरीए पछि बनेका सरकारका मन्त्रीहरुले भ्रष्टचार गरेर देश खोक्रो बनाएको आरोप लगाए ।

नेपालले संघीयता धान्न नसक्ने भएकाले मुलुकमा राजा सहितको प्रजातान्त्रीक शासन व्यवस्था आवश्यक रहेको लावतीको भनाइ थियो ।

बाहीर चुनावी ढ्वाङ फुकेर चार दलीय संयन्त्रले आगामी मंसिरमा पनि देशमा चुनाव नगराउने षडयन्त्र गरिरहेको लावतीले बताए । देशमा चारदलीय सिण्डीकेट हावी भइरहने हो भने आगामी मंसिरमा पनि कुनै हालतमा चुनाव नहुने लावतीले ठोकुवा गरे ।

– See more at: http://www.ekantipur.com/np/2070/2/16/full-story/369054.html#sthash.yUm3bz77.dpuf

कमेन्टहरु
Loading...