मतदानका लागि मतदाता आतुर, ब्रेल लिपिमा पनि मतपत्र

३० वैशाख, काठमाडौं । आउँदो संविधानसभा निर्वाचनमा दृष्टिविहीनले ब्रेल लिपिकै मतपत्रबाट मत हाल्न पाउने भएका छन् । नेपालको निर्वाचन इतिहासमा यस्तो व्यवस्था हुन लागेको यो पहिलोपटक हो । लामो छलफल र बहसपछि निर्वाचन आयोग दृष्टिविहीनका लागि ब्रेल लिपिमा मतपत्र तयार गर्ने निष्कर्षमा पुुगेको हो । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङका अनुसार मोटर पुगेका जिल्ला सदरमुकाममा रहने मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाउने तयारी भइरहेको छ ।

शारीरिकरुपले अशक्त भएका मतदातालाई हृविलचेयरको सहायतामा मतदान पेटिकासम्म पुग्न सकिने अपाङ्ग मैत्री मार्ग (र्‍याम्प) तयार गर्ने सोचमा आयोग पुगेको आयुक्त गुरुङले जानकारी दिनुभयो । आयोगले आगामी संविधानसभाको निर्वाचनमा देशभरका सबै मतदान केन्द्रमा फोटोसहितको विवरण भएको पहिचानयुक्त मतदाता नामावलीमार्फत मतदान प्रक्रिया विधि अपनाउने भएको छ ।

यसबाट अर्काको नाममा मत खसाल्ने र धाँधलीका सम्भावना न्यून हुने भई स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने अपेक्षा गरिएको छ । त्यसका लागि आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यलाई अभियानकै रुपमा मुलुकभर सञ्चालन गरिरहेको छ । आयोगले हालसम्म एक करोड १३ लाख फोटोसहितको मतदाता नामावली सङ्कलन गरिसकेको छ ।

वैशाख ८ गतेबाट गृहमन्त्रालयको समेत समन्वयमा एकीकृत घुम्ती सेवाअन्तर्गत झण्डै थप एक लाख मतदाता नामावली सङ्कलन भइसकेको आयोगले जनाएको छ । मुलुकभर मतदाता नामावली सङ्कलनका लागि १४६ वटा शिविर सञ्चालन रहेकामा रोल्पाको दुईवटा शिविरमा मात्रै दुइ हजार २०० मतदाताले मतदानका लागि नामावली दर्ता गराउनुले निर्वाचनप्रति दुर्गम क्षेत्रका जनतासमेत उत्साही भएको पुष्टि भएको आयोगको दाबी छ । कणर्ालीका २२ जिल्लामा मात्रै पाँच हजार मतदाता थपिएका छन् ।

://www.onlinekhabar.com/2013/05/70395/#sthash.7lSKrjOE.dpuf

कमेन्टहरु
Loading...