उपमेयरको घरमा चोर पसेर १६ लाख बराबरको धनमाल चोरी

मंसिर, ६ भक्तपुर / भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार राती चोरी भएको छ ।

सुर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको जोशीको घरबाट करिब १५ लाख ९८ हजार ७ सय ५० रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

उपमेयर जोशीको घरको ढोका फोडेर चोरी भएको हो । प्रहरीका अनुसार अहिले सम्म चोरीमा संलग्नको पहिचान खुलेको छैन । चोरीबारे अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...