चितवन र पोखराको पर्यटन विकासका लागि आपसि समन्वय र सहकार्यको खाँचो

पोखरा, १८ चैत्र/पोखरा र चितवनका पर्यटन व्यवसायिहरुले आपसि समन्वयमा पोखरा र चितवनको पर्यटन प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिएका छन् । चितवनको सौराहमा सम्पन्न पोखरा र चितवनका पर्यटन व्यवसायिहरुको छलफलमा पोखरा र चितवनका व्यवसायिहरु मिलेर एक अर्काको ठाउँको पर्यटन विकासमा सघाउ पु¥याउने बताए ।

माउण्टेन ओभल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रालिले पोखरा–चिवतव, पोखरा–लुम्विनी पर्यटक वस सञ्चालन गर्ने सन्दर्भमा सरोकारवालाहरु संग भेटघाट तथा छलफल गर्न त्यहाँ पुगेका पोखराका पर्यटन व्यवसायिहरुले गोल्डेन ट्रयाङ्गलको रुपमा परिभाषित पोखरा, चितवन र लुम्विनीका व्यवसायिहरु आपसी हितका लागि सहकार्यमा जुट्नुपर्ने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेलले पर्यटकहरुलाई स्तरिय सेवा दिंदै उनीहरुको बसाई लम्ब्याउनतर्फ व्यवसायिहरु लाग्नुपर्नेमा जोड दिए । पोखरा र चितवन दुवै पर्यटकिय क्षेत्र भएकाले पर्यावरण र संस्कृती जोगाउन ध्यान दिनुपर्ने बताए । क्षेत्रिय होटल संघ चितवनका उपाध्यक्ष ज्ञानेन्द्र विष्टले पोखरा र चितवनको जैविक विविद्यता फरक फरक भएकाले पर्यटकहरुलाई पोखरेलीले चितवन र चितवनकाले पोखराको बारेमा अवगत गराउनुतर्फ लाग्नुपर्ने बताए ।

यस्तै, रेवान चितवनका अध्यक्ष सुवासचन्द्र गौतमले पोखरा आएका पर्यटकहरुलाई ट्रेकिङ्गमा मात्रै नभई सौराहा पठाउन पनि पोखराका व्यवसायिहरुलाई आग्रह गरे । पोखराका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराईले चितवनका व्यवसायिहरुले पनि त्यहाँ पुग्ने पर्यटकहरुलाई मनाङ, मस्ताङ, डोल्पा, ढोरपाटन लगाएतका स्थानहरुको बारेमा अवगत गराउन आग्रह गरे । ‘जसरी पोखरा, लुम्बिनी र चितवनलाई गोल्डेन ट्रयाङगल भने जस्तै मनाङ, मस्ताङ, डोल्पा, ढोरपाटनलाई जोडेर अर्को गोल्डेन ट्रयाङगल बनाउन सकिने बताए ।

पोखरामा साहसिक खेल मार्फत पर्यटन विकास गर्न सकिने उल्लेख गर्दे उनले यहाँ हुने साहसिक खेलहरु प्याराग्लाइडिङ्ग, स्काई डाइभिङ्ग, कायाकिङ्ग, ¥याफ्टिङ्ग लगाएतका प्रवद्र्धनात्मक सामग्रीहरुको प्रदर्शनी गरिए पर्यटकहरुले त्यसका बारेमा जानकारी हाँसिल गर्ने जनाए । दुरीको हिसाबले पोखरा र चितवन नजिकै भएपनि उचित यातायात व्यवस्थापन हुन नसक्दा टाढा भएको उनको भनाई थियो ।

कार्यक्रममा रेवान चितवनका पूर्वाध्यक्ष पुरुषोत्तम श्रेष्ठ, टान पोखराका अध्यक्ष नारायण प्रसाद सापकोटा, नाट्टा क्षेत्रिय संघ पोखराका द्धितिय उपाध्यक्ष पोमनारायण श्रेष्ठ, पश्चिमाञ्चल होटल संघका महासचिव लक्ष्मण सुवेदी, नाट्टा पोखराका निवर्तमान अध्यक्ष ओम पाण्डे, चितवनका अग्रज पर्यटन व्यवसायि शंकर सैंजु लगाएतले सञ्चालनमा आउन लागेको माउण्टेन ओभरल्याण्ड पर्यटक बसले स्तरिय सेवा दिन सफल रहोस भन्दै शुभ–कामना दिएका थिए ।

 

कमेन्टहरु
Loading...