मधेसी मोर्चाप्रति चिनियाँ राजदूतको प्रश्न

103

काठमाडौं, ५ चैत /चिनियाँ राजदूत ऊ चुन्ताईले भारत भ्रमणबाट फर्केका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई शुक्रबार भेटेर संविधानविरुद्ध मधेस आन्दोलन गरिनुको कारण’bout सोध्ने तयारी गरेका छन् ।
बिहीबार भेट तय गर्ने क्रममा चिनियाँ पक्षले आन्दोलन’bout जिज्ञासा राखेको र वार्ता सोही विषयमा केन्द्रित हुने स्रोतले बताएको अन्नपूर्ण पोस्टमा समाचार छ। चिनियाँ राजदूतसँग भेटको समय मिलाएका संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘आन्दोलनका क्रममा राज्यशक्तिको घुसपैठबाट भएको चीनविरोधी गतिविधि’bout जानकारी दिँदै मधेसी मोर्चा, गठबन्धन र आदिवासी जनजातिसमेतको विरोधमा जारी भएको संविधान अस्वीकार गर्न आग्रह गर्छौं।’

दुई तिहाइ बहुमतबाट पारित संविधानले आफ्ना एजेन्डा सम्बोधन नगरेको भन्दै मधेसकेन्द्रित दलले तराई मधेसमा आन्दोलन गर्ने क्रममा भएका चीनविरोधी गतिविधिप्रति चासो राख्दै आएको चीनले प्रधानमन्त्री केपी ओलीको भ्रमणअघि राजदूतलाई मोर्चाका नेतासँग परामर्श गर्न लगाएको स्रोतले बतायो।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...