ट्याक्टरको ठक्करबाट १५ महिने शिशुको मृत्यु , चालक फरार

१८ पुष / कपिलवस्तुको महाराजगंज नगरपालिका  ५ इटरोलमा मंगलवार विहान ८ वजे ट्याक्टरको ठक्कर वाट १५ महिने बालकको ज्यान गएको छ ।

इरटोल निवासी दिपराज अहिरका १५ महिनाका छोरा नवराज आहिरको घरमा खेलीरहेको बेला सडकमा निस्कने क्रममा लु ३ त ६१२४ नम्वरको ट्याक्टरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ ।

ट्याक्टरका चालक फरार रहेका छन भने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ ।बालकको शवलाई पोष्मार्टमको  लागी शिवराज अस्पताल वहादुरगंज लगिएको बताइएको छ

कमेन्टहरु
Loading...