झण्डै सात महिनामा जन्मेका शिशुको तौल ८ सय ग्राम

पोखरा, २३ चैत्र/सामान्यतया ः एउटा शिशुले झण्डै ४० हप्ता आमाको गर्भासयमा बास गरेपछि धर्तीमा पाइला टेक्ने प्राकृतिक नियम हो तर ३० हप्तामै एक शिशुले पोखरामा जन्म लिएका छन् । त्यो पनि आठ सय ग्राम तौल मात्र । पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतलामा ३० हप्ता मै एक शिशुले जन्म लिएका छन् ।

गोरखाको बोर्लाङ–६ घर भई हालः पोखराको रातो पैह्रोमा भाडामा बस्दै आएकी २१ वर्षीया विष्णु नेपालीले जन्म दिएकी हुन् । विष्णुले जन्म दिएकी छोरी अहिले पोखराको सेवा हस्पिटलको इन्कुवेटरमा १२ दिनदेखि उपचार गरिएको छ । अस्पतालमा आमाको पेटमा रहँदा हुने तापक्रम सरह नै इन्कुवेटरमा राखेर उपचारका भैरहेको छ । निम्न वर्गीय परिवारमा जन्मिएकी उनको उपचारका लागी आवश्यक पर्ने दैनिक ५ हजार रुपैया जुटाउन शिशुका बाबु रामबहादुर नेपालीलाई हम्य हम्य परेको छ ।

जीवन र मृत्युको दोसाँधमा रहेकी उक्त शिशुलाई उपचारपछि उनको स्वाथ्यमा सुधार देखिएको छ । वच्चा जन्मिदा थौरैमा पनि साढे २ केजी हनु पर्ने भएपनि उक्त शिशुको तौल कम हुदाँ उपचारमा समेत कठीनाई आएको भए पनि अहिले सुधार भएको उपचारमा संलग्न डाक्टर रामचन्द्र बाँस्तोलाले बताए । उनले सुरुमा वचाउन सकिँदैन कि भन्ने लागेको थियो तर उपचार गर्दै जाँदा बच्चामा ७० प्रतिशत सुधार आएको बताए ।

बच्चाको आठ सय ग्रामबाट तौल अहिले ११ सय ग्राम पुगिसकेको छ । उपचारमा आएको सुधारबाट आफू साह्रै खुसी रहेको पिता रामबहादुर बताए । उपचारपछि शिशुले अहीलले आमाको दुध चम्चाले खान सुरु गरेका छन्, यसअघि शिशु आवश्यक पर्ने सम्पूर्ण खाद्यपदार्थ तथा औषधी भने स्लाइनबाट दिइएको थियो ।

शिशुको तौल १५ सयदेखि १८ सय ग्रामसम्म भएपछि बच्चालाई गरिने स्याहार सुसारका बारेमा आमालाई जानकारी गराएर अस्पतालबाट डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरीटेन्डेन पदम बहादुर खड्काले जानकारी दिए । अपेक्षित सुधार नभएमा अस्पतालमै राखेर थप उपचार गरिने उनले बताए । यस्तो अवस्थाका बच्चाहरु २५ प्रतिशत मात्रै बाँच्ने गरेको तथ्याङ्क छ ।

यस्ता बच्चाहरुको उपचारका लागि नेपालमा काठमाण्डौ र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र व्यवस्था छ भने पोखरामा मणिपाल शिक्षण अस्पताल र सेवा अस्पतालमा मात्र सुविधा रहेको छ । केही दिन अगाडी मात्रै सेवा अस्पतालले यानआइसियु सन्चालनमा ल्याएको थियो । निम्न वर्गीय परिवार भएका कारण शिशुको उपचारमा लाग्ने खर्चमा केही प्रतिशत रकम अस्पतालले छुट दिने खड्काले जानकारी दिए ।

कमेन्टहरु
Loading...