चट्याङपछि हाइभोल्टेज विद्युत आएपछि २ जनाको मृत्यु

धादिङ, ९ वैशाख / धादिङको थाक्रे गाउँपालिकाको ३ को मल्दुङ गाउँका घरमा सोमबार राती एक्कासी हाइभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

गाउँ नजिकै रहेको विद्युत ट्रान्सफर्मर अचानक पड्किएपछि घरघरमा हाइभोल्टेज विद्युत प्रशारण भएको प्रहरीले जनाएको छ । हावाहुरी र चट्याङ परेकाले ट्रान्सफरमरमा चट्याङ लागेको स्थानीयले बताएका छन् ।

मृतक तथा घाइतेका घरमा विद्युतीय सामग्री चलाइरहेका व्यक्तिहरु रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए । करेन्ट लागेपछि घाइते भएका सानुमान तामाङ र सागर अर्याललाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सोही ठाउँका गम्भीर घाइते भएका रुपक अर्याल उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...