Ganthan News Pokhara
All news from Pokhara & around

चट्याङ लागेर ६ जनाको मृत्यु

0

काठमाडौं, १० असार /रुपन्देही र दाङमा मंगलबार साँझ परेको चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । रुपन्देहीमा ३ र दाङमा ३ गरि ६ जनाको मृत्यु भएको हो।

रुपन्देहीमा मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक छन् ।

चट्याङ लागेर गम्भिर घाइते भएको ३ जनाको उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।दाङमा पनि चट्याङ लागेर तीनजना बालकको मृत्युु भएको छ ।

चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका साजन चौधरी, रमित चौधरी, बिनाश चौधरीको मृत्युु भएको दाङ प्रहरीले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु