छवि र शिल्पाविरूद्ध जेठी श्रीमती हेमाले हालिन् बहुविवाहको मुद्दा

काठमाडौं, ६ साउन /नेपाली चलचित्रका निर्माता छविराज ओझाविरूद्ध बहुविवाहको उजुरी परेको छ । उनकी जेठी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी हुन् ।

उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको उजुरीमा उल्लेख छ । पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दाले चर्चा पाएको थियो ।

शिल्पा पोख्रेल र छविको सम्बन्धबारे मिडियामा चर्चा भएपछि आफूले उनलाई के हो भनेर सोधेको तर जवाफमा छविले मैले अर्को विवाह गरेको के प्रमाण छ भनेर सोधेको हेमाले जाहेरीमा उल्लेख गरेकी छन् ।

तर साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको कागजात पाएकाले बहुविवाहको उजुरी दिएको उनले बताएकी छन् । उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन् ।

नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिमाना हुनसक्छ । र विवाह पनि स्वतह खारेज हुने छ ।

कमेन्टहरु
Loading...