चन्द्रा गुरुङलाई डागर स्मृति पुरस्कार

पोखरा, भदौ १८ । डागर स्मृति पुरस्कार–२०७०बाट जिल्ला प्रहरी कार्यालय कास्कीको महिला तथा बालवालिका सेवा केन्द्र प्रमुख प्रहरी निरिक्षक चन्द्रा गुरुङलाई सम्मानित गरिने भएको छ । डागर स्मृति प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारको राशी नगद रु पाँच हजार, दोसल्ला र सम्मानपत्र रहेको छ । महिला अधिकारको क्षेत्रमा लामो समय गरेको योगदानको कदरस्वरुप उनलाई उक्त पुरस्कार दिन लागिएको संस्थाले जनाएको छ ।chandraगुरुङलाई स्वर्गीय राजन प्राशर(डागर)को १२औं पुण्य तिथिको अवसरमा आगामी भदौ २५ गते ऋषि पञ्चमीको दिन एक समारोहबिच उक्त पुरस्कार हस्तान्तरण गरिने प्रतिष्ठानकी अध्यक्ष रमा प्राशरले जानकारी दिईन । डागर स्मृति पुरस्कारबाट यसअघि साहित्यकार आरएम डंगोल र समाजसेवी विश्वमोहन गौचन सम्मानित भई सकेका छन् ।
पुरस्कृत हुन लागेकी प्रहरी निरिक्षक गुरुङ २१ वर्षदेखी नेपाल प्रहरी र १८ वर्षदेखी महिला तथा बालवालिका सेवा केन्द्र प्रमुखको रुपमा कार्यरत छिन् । स्वर्गीय राजन प्राशर(डागर)को स्मृतिमा स्थापित प्रतिष्ठानले यस अघि नेपाल पत्रकार महासंघ कास्कीको भवन निर्माणार्थ रु २५ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।

कमेन्टहरु
Loading...