चौधरी उद्योग नजिकै बम विष्फोट

परासी, ४ बैशाख / नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योगमा रहेको उद्योग ग्राम क्षेत्रमा बुधबार साझँ बम विष्फोट भएको छ ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको उद्योगपति विनोद चौधरीको चौधरी उद्योग (सिजी गुप) सञ्चालनमा छ ।

उद्योगको प्रमुख गेटको पूर्वतर्फ बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले भोली बिहीबार लागि आव्हान गरेको बन्दलाई प्रभावकारी बनाउन बम बिष्फोट गरीएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कमेन्टहरु
Loading...