सिडिविजय अधिकारी ‘बर्बाद भए’

पोखरा, ३ बैशाख/ पहिलो विग आईकनका उपविजेता गायक सिडिविजय अधिकारीले गाएका २ गीतहरुको म्युजिक भिडियो सोमबार पोखरामा विमोचन भएका छन् । म्युजिक भिडियोहरुलाई एक कार्यक्रमका बिच विग एफएमका अध्यक्ष महेश भण्डारीले विमोचन गरे । अनुपम म्युजिक पोखराले भिडियो निर्माण गरेको हो । म्युजिक भिडियोहरु प्रिमियर गर्दै विग एफएमका अध्यक्ष महेश भण्डारीले पोखरामा रहेर राष्ट्रियस्तरको म्युजिक भिडियो निर्माणमा अनुपम म्युजिकले देखाएको सक्रियता प्रशंसनीय भएको बताए ।

‘काठमाण्डौ केन्द्रित मिडिया भएपनि पोखरामा गुणस्तरिय म्युजिक भिडियोहरु बन्नुले पोखराबाट पनि केहि हुन्छ भन्ने सन्देश दिएको छ ।’ उनले भने–‘र, पहिलो विग आईकनका उपविजेताले गाएको गीत र म्युजिक भिडियो यति गुणस्तरिय बन्नुले विग आईकनको उचाई पनि निकै माथि पु¥याएको छ ।’ दुई वटै गीतहरुको रचना भने पोखरेली स्रष्टा अनुराग अधिकारीले गरेका हुन् ।

‘आमा तिम्रो पाउमा’ र ‘बर्बाद भएँ’ बोलका दुई गीतहरु निकै राम्रो भएको कार्यक्रममा उपस्थितहरुले प्रतिक्रिया दिएका थिए । ‘आमा तिम्रो पाउमा’ गीतमा हरिहर खनियाले संगीत दिएका छन् भने चिरञ्जिवी भुर्तेलले भिडियोको निर्देशन गरेका हुन् । त्यस्तै ‘बर्वाद भएँ’ गीतमा महेश खड्काको संगीत र प्रदिप निरौलाको निर्देशन रहेको छ । दुवै गजलको  संगीत संयोजन किरण कंडेलले गरेका हुन् । कार्यक्रममा प्राज्ञ हरिदेवी कोईरालाले नेपाली संगीतको श्रीबृद्धिको लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताइन् । उनले राम्रा गीतसंगीतलाई किनेर सुन्ने बानीको विकास गर्नु पर्ने बताइन् ।

यसैगरी स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद वास्तोलाले पोखरा साहित्य र संगीत जस्तै संचारको पनि  उर्वर भूमि भएको बताए । अनुपम म्यूजिकका प्रवन्ध निर्देशक एवम कास्की मल्टि मिडियाका प्रवन्ध निर्देशक अनुराग अधिकारीको सभापतित्वमा भएको थियो । कार्यक्रममा पोखरा एफएमका स्टेशन ईन्चार्ज अमृत सुवर्णकार, गायक सिडी विजय अधिकारीको वुवा चन्द्रकान्त
अधिकारी, अनुशिलन कला पाठशालाका अध्यक्ष गोरे गुरुङ, संचारकर्मी अभिमन्यू विक्रम राणा,रुपेन्द्र प्रभावी कटु लगाएतले शुभकामन दिएका थिए ।

कमेन्टहरु
Loading...