कारको ठक्करले मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया, १७ मंसिर / मलेसियामा कारले ठक्कर दिदा एक नेपालीको मृत्यु भएको छ । मलेसियाको पेनाङ राज्यस्थित कुलिममा कारले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको मृत्यु भएको हो ।

आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा उनलाई ठक्कर दिएको थियो । शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्षदेखि मलेसियामा रहेर काम गर्दै आएका थिए ।

कमेन्टहरु
Loading...