साहसिक खेल क्यानोनिङको विकासमा लगनीशल काभ्रे तिमालका प्रशिक्षक लामा

122

सूर्यचन्द्र बस्नेत
काठमाडौं, २९ माघ  । विद्यार्थीकालदेखिनै पदयात्रामा सौखिन राजेश लामाले व्यावसायीक पदयात्रा पथप्रदर्शक र भरियाका रुपमा विश्वकै अग्लो थोराङ भञ्ज्याङ ३५ बढी चोटी ओहोरदोहोर गरिसके । मनाङमा पर्ने पाँच हजार ४१६ मिटर अग्लो संसारकै सर्वाधिक उचाईको हिमाली भञ्ज्याङ थोराङ वारपार गरिसकेका राजेशको परिचय यत्तिमै मात्र सीमित छैन ।DSCN2456
पदयात्रा, हिमाल आरोहण, गुफा खोज तथा क्यानोनिङमा रुचि राखेर यही क्षेत्रबाट जीवीकोपार्जनको बाटो रोजेका राजेश नयाँ नयाँ साहसिक गतिविधिबाटै पर्यटन प्रवद्र्वन गर्ने काममा एकोहोरिएका छन् । राजेश नेपाल सहित स्पेन, फ्रान्स, बेल्जियम लगायतका क्षेत्रका गुफा,   पदयात्रा, क्यानोनिङ र हिमाल आरोहणमा पुगिसेकका छन् । हिमाली भागमा ग्लेसीयरभीत्र ओढारको खोज तथा अनुसन्धानमा खोज गर्ने कठिनतम कार्यमा पनि  उनी लगनशील भएर लागेका छन् ।

काभ्रे वलदेफेदीचे  गाविस तिमालमाहुरे गाउँका ३० वर्षे राजेशको साहसिक गतिविधितर्फको रुचि भने एक पछि अर्को थपिदै छ । सातवर्षदेखि राजेश अग्ला पहाडका झरनाहरुसँग पौठेजोरी खेल्दै डोरीमा झर्ने ( अवरोहण ) क्यानोनिङ खेलमा केन्द्रीत छन् । रोमाञ्चकारी, साहसीक र जोखिम मोल्ने पर्यटकहरुलाई यो खेलले आकर्षित गर्न थालेको छ नेपालमा पनि । डरलाग्दा अग्ला पहराबाट खस्ने झरनाको मुहानमा डोरी गाडेर चलाखीपूर्वक छाङ्गा छहरामा पानीमा भिज्दै झर्नु यो खेलको विशेषता हो । पहरामा किल्ला गाड्दै डोरी बाँध्दै सिकारुलाई नेतृत्व गर्दै अघि बढ्नुपर्छ । यो डरलाग्दो तर साहसिक खेलमा राजेशले आफूलाई योग्य बनाउँदै लगेका छन् ।

“विद्यार्थीकालदेखिनै सौखले डुल्ने, भारी बोक्ने, हिमाल तिर हिड्ने बानी बस्यो, पछि पथप्रदर्शकको तालिम लिएर व्यवसायिक रुपमै हिड्दा क्यानोनिङतर्फ रुचि जाग्यो,” राजेश भन्छन् । दुर्गम तामाङ वस्तीका विपन्न परिवारका राजेशलाई परिवार पालनपोषणको लागि रोजगारीको खाँचो थियो । सौख पुरा गर्ने र परिवार पाल्ने चपेटमा परेपछि यीनले सानातिना भन्दा साहसिक कामनै गर्ने बाटो रोज ।

सन् २००१ म पदयात्रा पथप्रदर्शकको तालिम लिएर हिमाल, पहाड र दुर्गम वस्तीहरुमा पर्यटकलाई बाटो देखाए । सन् २००४ मा पदयात्रा पदप्रदर्शक सहायकको लाइसेन्स लिएर पुरै यही काममा लागिपरे । सोहीवर्ष यीनले हिमाल आरोहणको आधारभूत तालिम लिएर योग्यता थपे । पर्यटन पदयात्रामा लागिरहेकै बैला लमजुङको स्याँगेमा सन् २००५ तिर आएका फ्रान्सका व्यावसायीक टोलीसँग राजेशले क्यानोनिङको आधारभूत तालिम लिए ।

“ क्यानोनिङको आधारभूत र व्यवहारीक ज्ञान एवं तालिम त्यही पाएँ, यहीबाट मेरो क्यानोनिङतर्फको रुचि बढ्यो,” राजेश भन्छन् । अर्को वर्ष राजेशले फ्रान्समै गएर क्यानोनिङकै स्नातक तहको व्यावसयीक तालिम लिने मौका पाए । डेढ महिनाको इ एफ सी अर्थात फ्रेन्च भाषामा एकोल फ्रेन्काईज डी डेस्नेटे डे क्यानोन ( भ्अयभि ँचबलअबष्कभ मभ मभकअभलतभ मभ अबलथयल )  भनीने यो तालिम लिएपछि अन्तराष्ट्रिय तहमा प्रशिक्षण दिने योग्यता राख्दछ । नेपालमा क्यानोनिङमा अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक राजेश र कविन्द्र लामा गरी दुईजना भएको नेपाल क्यानोनिङ एशोसियसनका अध्यक्ष कर्ण लामा बताउँछन् । एडभान्समा भने जनक लामा, रत्नमान तामाङ, सुमेक अधिकारी, डोमी शेर्पा र जाग्वु शेर्पा छन् । आधारभूतमा अरु दश प्रशिक्षक छन् ।

प््राmान्समा तालिम लिएर आएको दुई वर्षपछि नेपाल क्यानोनिङ एशोसियसन दर्ता गरी फ्रेन्च र नेपाली मिलेर आठ र अर्को वर्ष दश जनालाई प्रशिक्षण दिइयो । नेपालमा भोटेकोशी उपत्यका, लमजुङको मस्र्याङदी स्यागे ’round र ककनी व्यावसायीक रुपमा क्यानोनिङ खेलको उपयुक्त स्थल रहेको संघका अध्यक्ष कर्ण लामाको भनाई छ । भोटेकोशीका जम्वु, काभ्रे, हाँडी, फाङफुङ र ग्यालुङका डेढसयदेखि ६ सय मिटर उचाईका झरना खोलामा क्यानोनिङ गरिन्छ । मस्र्याङदी ’round आठ त्यस्ता ठाउँ छन् ।

वार्षिक विदेशी सात तथा नेपालीहरु चारसयको हाराहारीमा क्यानोनिङ गर्ने गर्छन् । यातायात, प्रशिक्षक र खाना गरी शुल्क भने विदेशीलाई औसत दैनिक ८० डलर र नेपालीलाई दुइ हजार पाँचसय रुपैया लाग्छ । तर नीति नियमको अभावले यसको व्यावसायिक शुरुवातमै समस्यामा परेको संघका अध्यक्ष  कर्ण लामा बताउँछन । किनकी यो खेलमा प्राविधिक दक्षता, साहस र रुचि आवश्यक पर्छ अन्यथा जोखिम पनि उत्तिकै भएको  अध्यक्ष कर्ण बताउँछन्।

“ भोटेकोशी, ककनी र काभ्रेक्षेत्र व्यावसायीक र आधारभूत खेलका लागि लोकप्रिय छ, तर मस्र्याङदी प्राविधिक रुपमा पनि कठिन छ,” राजेश भन्छन् । अहिलेसम्मकै विश्वकै सर्वाधिक उचाईमा रहेको क्यानोनिङ स्थल मनाङको पाँचहजार २१५ मिटर उचाईको नारफुको झरना हो । यो विशुद्ध नेपाली टीमले खोजी गरेर सफल ढंगले परिक्षण गरीसकेको हो । पदयात्रा र आईस क्याम्पिङ गर्दा सन् २०१० मा उक्त ठाउँ पत्ता लागेको हो ।

“ क्यानोनिङ गर्ने यो भन्दा उचाईमा विश्वमा अरु ठाउँ कतै फेला परेको रेकर्ड छैन, यो विशुद्ध नेपाली टीमले पत्ता लगाएर सफल रुपमा परिक्षण गरेको हो जसको मैले नेतृत्व गरेको थिए,” राजेशले भने । सोही वर्ष नुवाकोटको ककनी, ओखलढुङगाको पकली झरना र भोटेकोशीको ग्यालुङ खोलामा पनि राजेशलैनै नेतृत्व गरेर क्यानोनिङ स्थलको पहिचान एवं शुरुवात भयो । “ कठिन चाँही टुप्पामा हुन्छ, कहाँ किल्ला गाड्ने डोरी बाँध्ने र सजिलो तरिकाले झर्ने, नेतृत्व गरेर अघि बढ्न सबैभन्दा गाह्रो हुन्छ पछाडिको त आउने मात्र हो,” कुशल प्रशिक्षकका रुपमा नाम कमाउँदै गएका राजेश थप्छन् । अन्तराष्ट्रिय स्तरमै मान्यता प्राप्त प्राविधिक ज्ञानमा दख्खल भएको प्रशिक्षक रहेकाले नियमीत अवरोहरण मात्र हैन संकट आउँदा तत्काल तल झर्ने, माथि जाने जस्ता उद्वारका काम राजेशले कुशलतापूर्वक गर्न काविल रहेका संघका अध्यक्ष कर्ण लामा बताउँछन् ।

विश्वकै सबैभन्दा लामो मानिने लमजुङको च्याम्चे खोलामा ( शुरु विन्दु ३४ सय मिटर, अन्तिम १२ सय मिटर ) फ्रेन्चसँग मिलेर नयाँ ठाउँ खोल्दा तीन दिनसम्म झरना क्षेत्रबाट बाहिर निस्कन नसकेको राजेशले सुनाए । त्यो टोलीमा नौ फ्रेन्च  सहित कविन्द्र लामा र राजेश थिए । “ त्यसैले यसमा अनुभव ठूलो कुरा हो, जो पायो त्यसैले गर्न सक्दैन, पाँच छ वर्षको अनुभव चाहिन्छ,” राजेशको बुझाई छ ।  त्यसबेला मस्र्याङदीको उक्त क्षेत्र क्यानोनिङको लागि उपयुक्त मानिएपछि गतवर्ष सो भेगको आठ ठाउँमा  अन्तराष्ट्रिय क्यानोनिङ सम्मेलन गरियो । जसमा २८६ विदेशी र १६ नेपाली सहभागी भए । त्यसमा पनि राजेशले नेपालको तर्फबाट उद्वारको नेतृत्व गरे ।

फ्रेन्च बोल्न सक्ने राजेश विशेष गरी फ्रेन्च पर्यटकलाई पथप्रदर्शन गराउँछन् । गुफा अध्ययन र अनुसन्धान गर्न रुचाउने यीनीसँग फ्रान्सको गुफामा ११ घण्टासम्म बसेको अनुभव छ । स्पेन र बेल्जियममा पनि क्यानोनिङ, केभीङ र रक क्लाइम्बिङ गरीसकेका छन् । “क्यानोनिङको लागि तालिम दिने, नयाँ नयाँ ठाउँहरु खोल्ने र यसकै प्रचारप्रसारमा लाग्ने धोको छ,” भावी योजना’bout राजेश भन्छन् । व्यवसायिक रुपले संस्था दर्ता, तालिम लिएका प्रशिक्षक सहित व्यवस्थित तवरले यो खेलको विकास गर्न सरकारले नीति नियम ल्याउनपर्छ ।

जो पायो त्यसले यस्तो जोखिमपूर्ण काम गर्न नदिन नीयम बनाउने काम संस्थाको पहलमा प्राय पुरा भएको राजेशले बताए ।“ बढी साहसीक भएकोले यो सम्बन्धी  नीतिनियम, प्राविधिक ज्ञान र प्रचार प्रसार गर्न सके नेपालमा क्यानोनिङको प्रशस्त संभावना छ, पर्यटक पनि आकर्षित गर्न सकिन्छ,” अध्यक्ष कर्ण भन्छन् ।

उनले संसारभरका क्यानोनिङ एशोसीसयसनका संस्थाहरुबीच नेटवर्क बनाएर यसमा सहभागी खेलाडिले कुन कुन देशमा कहा कहाँ क्यानोनिङ गरेको भनेर लगबुक निर्माण गरी लागू गर्ने प्रयास नेपालमा पनि भईरहेको बताए । नेपालमा हिमाल आरोहरण, प्याराग्लाइडिङ्ग, बन्जी जम्प, ¥याफटिङ, अल्ट्रालाईट, हट एअर बेलुन, चट्टान आरोहण पछि पछिल्लो समयमा क्यानोनिङको आकर्षण बढ्न थालेको छ ।

“ हिमालचुलीहरु पनि चढ्छु,” आफनो थप काम बताउँछन् राजेश । मेरा पीक ( ६४०० मिटर ), आइलयाण्डा ( ६१०० मिटर) चुलु वेस्ट ( ६४०० मिटर ), चुलु फारवेस्ट ( ६ हजार मिटर ), टुकुचे पीक ( ६९२० मिटर ) जस्ता चुली उनले आधा दर्जन पटक चढीसके । “ आफू जाँदाको टीममा सबैमा नेतृत्व गर्ने मैले नै हो,” हिमालचुली चढाईका कथा सुनाउँदै राजेश थप्छन् । काभ्रको तामाङ वस्तीको तिमाल गाउँमा पर्यटक भित्रयाउने काममा पनि राजेशको सक्रियता बढेको छ । गौरीशंकर, मनास्लु हिमश्रृङखलाको सहितको पहाडी दृश्यावलोकन मात्र हैन स्थानीय जातजातिको संस्कृतिको र जनजीवनको अवलोकनको लागि तिमाल क्षेत्रमा पर्यटक भित्रयाउन सकिन्छ ।

कठिन र साहसीक काममा रुचि राख्ने राजेश र उनको टीम नयाँ नयाँ खोज मात्र हैन कहिलेकाही खोँच, इनार वा कठिनाईमा परेका मानिसको उद्वारमा पनि पुग्ने गर्छ । पोखरामा आराधना नामकी एउटी बालीका २२ घण्टा सेती नदीको खोचमा ५४ फीट तल खस्दा राजेश र उनको टीमले कमल नेपालीको सहयोगमा उद्वार गरेर काठमाडौंमा नागरिक अभिनन्दन समेत पाउन सफल भएको थियो । सुन्दरीजल खोला र महाराजगञ्जमा इनारमा खसेका मानिस निकाल्ने काममा पनि यो टीमले सफलता पायो ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...