फागुन १० देखि १३ सम्म चौथो सुचना तथा प्रविधि मेला

पोखरा, ६ फागुन/कम्प्यूटर यसोसियसन अफ नेपाल कास्कीको आयोजनामा पोखरामा फागुन १० देखि १३ गते सम्म चौथो सूचना तथा सञ्चार प्रविधिको मेला हुने भएको छ । सुचना तथा सञ्चार प्रविधि मेलामा ८० भन्दा वढी स्टलहरुमा बिभिन्न किसिमका कम्प्यूटर बिक्रि केन्द्र, कम्प्यूटर तालिम केन्द्र, सप्mवेयर कम्पनी, एजुकेशन कन्सल्टेन्सीहरुले आप्mना बस्तु तथा सेवाको प्रदर्शनी गरीने आज आयोजीत पत्रकार सम्मेलनमा क्यान इन्फोटेक मुल आयोजक समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।  कार्यक्रमको कम्प्यूटर एसोसियसन अफ नेपाल तथा पोखरा उद्योग वाणिज्य संंघ प्रवद्धक संस्था रहेका छन् । चार दिने मेलामा सुचना तथा प्रविधि सम्बन्धी सामानहरुमा १० देखी ५० प्रतिशत सम्म छुट दिने क्यान कास्कीका अध्यक्ष समेत रहेका श्रेष्ठले जानकारी दिए । यस पटक कम्प्युटर एशोसियन अफ नेपाल कास्कीको क्यान इन्फोटेक मेलामा अन लाइन टिकटको व्यवस्था समेत गरेको जाकारी उनले दिए । अन लाइन टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । विद्यार्थी, शारीरिक अशक्तता भएकालाई विशेष छुटको र स्कूल, कलेजलाई गु्रप टिकटको समेत व्यवस्था गरिएको छ ।

कार्यक्रमलाई सफल बनाउनको लागि बिभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजन गर्ने भएकोछ । जसमा दृष्टिविहिनहरुको लागि कम्प्यूटर शिक्षा, स्कूलका विद्यार्थीहरुद्धारा बनाईएका रोबोटको प्रदर्शनी, कम्प्यूटरबाट माइन्ड टेस्टको व्यवस्था  आदि रहेका श्रेष्ठले बताए । मेलामा अन्तराष्ट्रिय व्राण्डका ल्यापटपहरु, डेस्कटप एसेम्वल्ड तथा व्राण्डेड कम्प्युटर, वाइफाइ राउटर, मल्टिमेडिया प्रोजेक्टर, यूपीयस, इन्भर्टर आदि सामानहरुको विक्रि तथा प्रदर्शनी गरिने उनले बताए ।

कमेन्टहरु
Loading...