क्यानका बोड सदस्य विच विवाद, दोस्रो साधारणसभा हुन सकेन

सागर राज तिमिल्सिना
पोखरा, ३२ साउन/नेपाल क्रिकेट संघ क्यानको दोस्रो साधारणसभा पोखरामा सुरु भएको छ । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब युवराज लामाले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले नेपाली क्रिकेट टोलिले पाएको सफलतालाई निरन्तरता दिन क्यान सक्रिय भएर लाग्नुपर्ने बताए । झण्डै ६४ बर्षको ईतिहासमा पहिलोपटक आफ्नो कार्यकालमा क्यानमा निर्बाचित पदाधिकारी चयन गराउन सफल भएको दाबि गर्दै उनले कार्यसमितिले अझै नेपाली क्रिकेटको स्तर उकास्ने कार्ययोजना ल्याउनुपर्ने बताए ।
IMG_5163क्यानका अध्यक्ष टंक आङबुहाङले आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति आएपछि खेलकुद परिषद् संग यसअघि भएका असामान्जस्यताको अत्य भएको बताए । साधारणसभाको लागि समयमै जानकारी नगराएको भन्दै कतिपय पदाधिकारीहरु असन्तुष्ट देखिएका छन् । साधारणसभामा करिब १ सय २० जनाको सहभागिता रहने भनिए पनि कतिपय क्षेत्रका पदाधिकारीहरुको उपस्थिति पनि नरहेको एक सहभागिले बताएका छन् ।
क्यानमा आन्तरिक बिबाद नरहेको दाबि गरिएपनि साधारणसभाको उपस्थितिले बिबादलाई छर्लङग बनाएको छ । साधारणसभामा नेपालको बिश्वकप तयारी, भावी रणनीति, विधान संशोधन र भौतिक पूर्बाधार सम्बन्धमा छलफल हुने अध्यक्ष आङबुहाङले बताए । साधारणसभामा क्षेत्र बिभाजनको बिषयमा पदाधिकारीहरु दुई कित्तामा बाढिएका छन् ।
सम्बन्धित पदाधिकारीलाई थाहै नदिई सिमित ब्यक्तिहरुले क्षेत्र नम्बर ६ बैतडीलाई टुक्राएर नयाँ क्षेत्र नम्बर ९ धनगढी गठन गरेकोमा तिब्र असन्तुष्टी जनाएका छन् । एक पदाधिकारीका अनुसार क्यानको यो साधारणसभाले भित्र देखिएका विभाजन र विवादलाई मिलाउने भन्दापनि झनै चर्काएको छ । विवादका कारण शुक्रबार सम्पन्न हुने भनिएको साधारण सभा भोलीका लागी सरेको छ । बोर्ड बैठक नै नसकिए पछि जिल्ला र क्षेत्रका प्रतिनिधीहरुलाई शनिबार विहान आउन भनेको एक प्रतिनिधिले बताए ।

कमेन्टहरु
Loading...