पोखरामा क्यान इन्फोटेक मेला जारी

पोखरा, ११ फागुन/क्यान कास्कीको आयोजनामा पोखरामा चौथौ पोखरा क्यान इन्फोटेक मेला जारी छ । पोखरा सभागृहमा आयोजित मेला फागुन १३ गतेसम्म चल्ने छ । विकसित सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा सूचना प्रविधिसँग सम्वन्धित ८० वटा स्ट्रल रहेका छन् । मेला ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । सूचना प्रविधिको प्रवद्र्वनमा मेला मुख्य गरी लक्षित हुने अयोजकको दावी छ । मेलामा अन्र्तराष्ट्रिय ब्राण्डका ल्यापटप, डेस्कटप एसेम्वल्ड तथा ब्राण्डेड कम्युटर, वाईफाई राउटर, मल्टिमिडिया प्रोजेक्टर, युपीयस, इन्भर्टर लगायतको प्रदर्शनी र विक्री गरिने छ ।

मेलाको अवसरमा दृष्टिविहीनहरुका लागि कम्युटर शिक्षा, विद्यार्थीहरुद्वारा बनाइएका रोबोटको प्रदर्शनी र कम्प्युटरबाट माइण्ट टेष्टको व्यवस्था समेत गरिएको छ । त्यसैगरी मेलाको तेस्रो दिन फागुन १२ गते आई.सि.टि कन्फरेन्स पनि आयोजना गरिने छ । कन्फरेन्समा विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् भने पोखराका विभिन्न स्थानहरुलाई फ्रि वाईफाई जोन घोषणा गर्नका लागि स्थानीय निकायसँग पनि छलफल गरिने छ ।

कमेन्टहरु
Loading...