पहिरो खस्दा बुटवल– पोखरा सडक अवरुद्ध

फाइल तस्बिर

बुटवल, ३१ वैशाख/सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डमा सोमबार रात गएको पहिरोले राजमार्ग अवरुद्ध हुदाँ सवारीको लामो लाइन बनेको छ । तानसेन बुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभान र सिद्धबाबाको बिचमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुदाँ सिद्धार्थ राजमार्ग अन्तरगत बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फबाट बुटवल, भैरहवातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन्।

बिहान करिब १ बजेतिर पहिरो खसेपछि दोभान बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्द बनेको हो। पहिरो खस्ने क्रम रोकिएकाले पहिरो पन्छाउन सुरू भएको प्रहरीले जानकारी दिएको छ।

कमेन्टहरु
Loading...