पृथ्वी राजमार्गमा सवारी साधनहरु चलेनन

पोखरा ६ पुस/पृथ्वीराजमार्गमा सञ्चालित लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु शुक्रबार सञ्चालन भएका छैनन । गण्डकी यातायात ब्यवशायी समिति स्याङ्गजाले पर्वतको पर्वतको कोटाकोटबाट काठमाण्डौका लागी रात्रीबस सेवा शुरु गरेको भन्दै पृथ्वीराजमार्ग यातायात ब्यवशायी समितिले आफ्नो सवारी साधन सञ्चालनमा रोक लगाएका हुन ।

ग्रामिण भेगबाट यात्रुहरुलाई सेवा सुबिधा दिने निर्णय गरेको भएतापनि गण्डकी यातायात ब्यवशायी समिति स्याङ्गजाले एकतर्फी ढंगबाट सवारी सञ्चालन गरेको भन्दै पृथ्वीराजमार्ग यातायात ब्यवशायी समितिले सवारी साधन सञ्चालनमा रोक लागएका हुन ।

पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखराका सचिव योगेन्द्र बहादुर केसीका अनुसार पृथ्वीराजमार्गमा बस सञ्चालक समिति र गण्डकी यातायात ब्यवशायी समिति बिच दुइ समिति मिलेर ग्रामीण भेगबाट यातायात सुचारु गर्ने भनिएतापनि गण्डकी यातायात ब्यवशायी समितिले एकलौटी ढंगले यातायात सन्चालन गरेको आरोप लगाए ।

पर्वतको कोटाकोटबाट रात्री बस सञ्चालन गरेको र उतm बसलाई पोखराको पृथ्वीचोकमा रोक्न खोज्दा उल्टै दादागीरी शैलीमा धम्की दिदै पृथ्वी राजमार्ग अन्तर्गत सञ्चालन हुने काउण्टरहरुमा गण्डकी यातायात ब्यवशायी समितिले तालाबन्दी गरेको भन्दै पृथ्वी राजमार्गका सवारीहरु बन्द गर्नुपरेको सचिव योगेन्द्र बहादुर केसीले बताए ।

कमेन्टहरु
Loading...