संविधानसभा चुनावको औचित्य छैन : नेकपा-माओवादी

८ चैत, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादलले संविधानसभाको दोस्रो निर्वाचनको औचित्य नरहेको बताउनुभएको छ ।

kiran‘संविधानसभा निर्वाचनको कुनै पनि औचित्य छैन । यो केवल प्रतिगमन तथा फासीवादको अभ्यास गर्ने र सिक्किमीकरणलाई तिब्रता दिने प्रक्रियाको एउटा कडी मात्र हो ।’ वैद्य र थापाद्वारा बिहीबार जारी संयुक्त प्रेश विज्ञप्तिमा भनिएको छ- ‘कथित संविधानसभाको दोस्रो निर्वाचनको भ्रममा नपरी एकतावद्ध भई सङ्घर्षमा उत्रन सम्पूर्ण देशभक्त, गणतन्त्रवादी तथा वामपन्थी राजनीतिक शक्ति र आम जनसमुदायमा विशेष हार्दिक आहृवान गर्दछौं ।’

नेता वैद्य र बादलले रेग्मी सरकार गठन प्रक्रियाप्रति तीव्र असहमति जनाउँदै यसलाई ‘नेपाली राजनीतिको इतिहासमा एक अत्यन्तै राष्ट्रघाती, जनघाती, निन्दनीय प्रतिगमनकारी घटना’ भनेको छ । ‘यो यस्तो प्रतिगमनकारी परिघटना हो, जसले विस्तृत शान्ति सम्झौता, अन्तरिम संबिधान र संविधानसभाको औचित्यलाई नै समाप्त पारिदिएको छ ।’ वैद्यको वक्तव्यमा भनिएको छ- ‘नयाँ संविधान लेख्न नदिने मात्र होइन, अन्तरिम संविधान २०६३ सम्मलाई पनि अस्वीकार गर्नेहरुले अर्को संविधान सभाको निर्वाचन गराई जनताको नयाँ संविधान लेखिएला भन्ने परिकल्पना गर्नु दिवास्वप्न मात्र हो ।’

वक्तव्यमा माओवादी नेताहरुले भनेका छन् ‘हाम्रो पार्टी तीन राजनीतिक दल तथा मधेशी मोर्चाबीच भएको सहमति एवम् चैत्र १ गतेको आदेशको खारेजी, खिलराज रेग्मी सरकारको बर्खास्तगी, सर्वपक्षीय गोलमेच सभाको आहृवान र राजनीतिक दलहरुका बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको जोडदार माग गर्दछ ।’ cp. onlinekhabar.com

कमेन्टहरु
Loading...