शान्तिका दुत गौतम बुद्धबारे भएको गलत प्रचारका विरुद्ध पोखरामा टर्च रिले हुने

पोखरा ३० चैत्र /शान्तिका लागि सन्देश दिन र गौतम बुद्धबारे भएका गलत समाचारको विरुद्धमा पोखरामा बैशाख १ गते विहान विन्दवासीनी मन्दिरबाट शान्तिका लागि टर्च रिले हुने भएको छ । सामाजिक सञ्जाल लगायत केहि भारतीय प्रकाशनका पुस्तकहरुमा प्रकाशित भएका शान्तिका दुत गौतम बुद्ध भारतमा जन्मिएका हुन भन्ने भ्रामक प्रचारका विरुद्ध ब्लु कार्पेट पोखराको आयोजनामा रिले हुन लागेको हो ।

शुभारम्भ कार्यक्रमको अवसरमा विन्दवासीनी धार्मिक विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीब बहादुर कोइराला, सस्कृतकर्मि तिर्थ श्रेष्ठ, वरिष्ठ फोटो पत्रकार विश्व शाक्य, एसियन अटोमोबाइल्सका व्यवस्थापकीय निर्देशक कृष्णमान गुभाजु लगायतले टर्च लाइटको सुभारम्भ गर्ने रेडियो बाराहीका स्टेसन मेनेजर एवम् अभियान्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
पोखराका प्रमुख शक्ति पिठ विन्दवासीनी मन्दिरबाट सुरु हुने टर्च रिले मोहरीया टोल, नालामुख, नदिपुर, महेन्द्रपुल, चिप्लेढुङ, न्यूरोड, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटर हुदै हलन्चोक, राष्ट्रबैंकचोक, मुस्ताङचोक, पृथ्वीचोक पुग्नेछ ।

पृथ्वीचोक नयाँबजार हुदै माटेपानी गुम्बा सम्म पुगेर करिव १० किलोमिटर यात्रा सकिनेछ । गुम्बामा शान्तिका लागि पुजा र नयाँ वर्षको शुभकामना आदानप्रदान गरिने अभियान्ता श्रेष्ठले जानकारी दिनुभयो । गौतमबुद्ध नेपालमै जन्मेका हुन भनेर सरोकारवालाको ध्यानाकर्षण गराउनका लागि समेत सो कार्यक्रम आयोजना गरिएकोले सहभागिता जनाउन पोख्रेलीहरुलाई ब्लु कार्पेटले आह्रान गरेको छ । यस अघि लुम्बिनीमा यस प्रकारको कार्यक्रम सम्पन्न भइसेको छ भने आगामी दिनमा भारतको दार्जलिङ लगायत नेपालका प्रमुख शहरहरुमा आयोजना गर्न लागिएको ब्लु कार्पेटले जनाएको छ ।

कमेन्टहरु
Loading...