बुद्धको गलत प्रचार रोक्न माग गर्दै शनिवार पोखरामा ¥याली निकालीँदै

भदौ २८,पोखरा/केही दिनदेखी भारतीय च्यानल हरुले गौतम बुद्धको गलत समाचार प्रसारण गरीरहेका छन् । उनीहरु जसरी भएपनि बुद्ध भारतमा जन्मिएका हुन भनेर प्रमाणीत गर्न खोजेका छन् । नेपालीका राजनैतीक दलहरुको फुटको फाइदा लिन उनीहरु खोजीरहेका छन् ।

उक्त्त झुटो समाचार अन्त्य गर्न देशव्यापी रुपमा दबाब आएका बेला शनिबार बुद्ध नेपालमा नै जन्मेका हुन भन्ने सन्देशका साथै भ्रामक समाचार तत्काल बन्द गर्न सरकारले पहल गनुपर्ने बन्दै शनिवार ने.वि.संघ कास्कीको आयोजनामा विभिन्न संघसंस्थाको संयुक्त बिरोध ¥याली निस्कीने भएको छ । राष्ट्रियता र विशवलाई चिनाउने बुद्धको बारेमा यती धेरै गलत प्रचार गर्दा पनि नेपालका राजनैतीक दल र सरकार कानमा तेल हालेर बसेका कारण आफुहरु बाध्य भएर सडकमा आउन परेको ने.वि.संघ कास्कीका सहसचिव तथा कार्यक्रम संयोजक खुसीराम बरालले बताए ।

बुद्धको जन्मस्थल भनेर बर्षेनी हजारौ पर्यटन नेपाल आउने र नेताहरुले नेपालमा पर्यटन पवद्र्धन गर्नुपर्ने चर्को भाषण गरेतापनी अहिले चुप लागेर बस्नु अत्यन्त दुखदायी कुरा भएको र उक्त ¥याली शनिवार पृथ्वीचोकबाट बिहान ११ बजेबाट सुरु भएर महेन्द्रपुलमा पुगेर कोणसभामा पुगेर अन्त्य हुने पनि बरालले बताए । उनले सबै राष्ट्रप्रेमी सबैलाई सो कार्यक्रममा सहभागी हुन पनि अनुरोध गरेका थिए ।

कमेन्टहरु
Loading...