बुद्ध जयन्तीको अवसरमा रक्तदान कार्यक्रम

पोखरा, ७ जेठ। बुद्ध जयन्ती समारोह समिति कास्कीले २५५७ औ वुद्ध जयन्तीको अवसरमा सप्ताहव्यापी रुपमा आयोजना गरेको कार्यक्रम अन्तर्गत मंगलबार खुल्ला रक्रदान कार्यक्रम सम्पन्न भएको छ । युवा बौद्ध संघ धर्मशीला बुद्ध विहार नदिपुरले मंगलबार रक्तदान कार्यक्रम गरेको हो । ईच्छाशक्ति अटोमोवाईल्स प्रालि नयावजारको प्रायोजनमा भएको उक्त रक्तदान कार्यक्रममा २५ जना रक्तदाताले रक्तदान गरेका थिए ।

1कार्यक्रममा प्रमुख अतिथि बुद्ध जयन्ती समारोह समिति कास्कीका पूर्व सचिव विश्वरत्न शाक्य ५८ औ पटक रक्तदान गरेका विक्रम उदासलाई व्लडव्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले दानप्रतिमा जति वढाउन सक्यो त्यती नै मोह त्याग हुने वताए । आशक्तिले मान्छेमा मोह वढाउने काम गर्दछ उनले भने– जसले दान प्रतिमा वढाउछ उसमा मोह त्याग हुन्छ ।

इच्छाशक्ति अटोमोवाईल्स प्रालिका प्रमुख इच्छामान वज्राचार्यले संघले गरेको कामलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष भिक्षु श्रद्धानन्दले पञ्चलशिल प्रदान गरेका थिए । युवा बौद्ध संघ धर्मशीला बुद्ध विहार नदिपुरका अध्यक्ष सन्देश उदासको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक जुनु श्रेष्ठले स्वागत र सचिव सकेन्द्र ताम्राकारले कार्यक्रम सञ्चालन गरेका थिए ।

साप्ताहिक कार्यक्रम अन्तर्गत मंगलबार नै सुखावती बौद्ध गुम्बा गाईघाटको आयोजनामा व्हर्दोबारे गुम्वा प्रमुख मनबहादुर गुरुङबाट धर्मदेशना र बौद्ध अर्घौ सदन, गौतम बुद्ध मार्गको आयोजनामा प्राणदान म्हणी जप कार्यक्रम सम्पन्न भएको छ । यसैगरी साप्ताहिक कार्यक्रम अन्तर्गत बुधबार बौद्ध उपासिका संघ धर्मशिला बुद्ध विहारको आयोजनामा आरोग्य आश्रम टुटुड्डामा भोजन दान, बौद्ध अर्घौ सदन गौतम बुद्ध मार्गको आयोजनामा गगनगौडाको बृद्धाश्रममा फलफुल वितरण तथा भोजना दान, धर्मोदय कास्कीको आयोजनामा घाचोकमा भिक्षु सुभद्र श्रद्धान्जली सभा र धर्मशिला बुद्ध विहारको आयोजनामा नदिपुरमा भिक्षु सुभद्र श्रदाञ्जली सभा कार्यक्रम रहेको समारोह समितिका सचिव गोविन्द ताम्राकारले जानकारी दिए ।

कमेन्टहरु
Loading...