पोखरामा सप्ताहव्यापी रुपमा वुद्ध जयन्ती कार्यक्रम शुरु

पोखरा, ४ जेठ/बुद्ध जयन्ती समारोह समिति कास्कीले शनिबार देखि विविध कार्यक्रमको आयोजना गरि २५५७ औ वुद्ध जयन्ती सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । समितिले जेठ ११ गते सम्म विविध कार्यक्रमको आयोजना गरि सप्ताहव्यापी रुपमा वुद्ध जयन्ती मनाउन लागेको हो । सात दिन सम्मको कार्यक्रममा पोखरा र आसपासमा रहेका वौद्ध संघ संस्थाहरुले संयुक्त रुपमा मिलेर कार्यक्रम आयोजन गर्ने व्यवस्था समेत मिलाईएको छ ।

1जसअन्तर्गत शुरुको दिन वुद्ध जयन्ती समारोह समितिको आयोजना तथा युवा वुद्ध संघ पोखराको संयोजनमा साईकल मोटरसाईकल सहितको शुभारम्भ ¥याली निकालेको थियो । धेछेलिङ गुम्बाका लामाहरुले विगुल फुकी ¥यालीको शुभारम्भ गरेका थिए ।पोखराको के आई सिंङ पुलमा रहेको धेछेलिङ गुम्बाबाट शरु भएको उक्त ¥याली पोखराको मुख्य बजार परिक्रमा गरि विश्व शान्ति स्तुपामा पुगी बुद्ध पुजा गरेर समापन भएको युवा वौद्ध संघ धर्मशिला वुद्ध विहारका अध्यक्ष तथा प्रचार प्रसार समितिका संयोजक सन्देश उदासले जानकारी दिए ।

कार्यक्रममा मुल समारोह समितिका अध्यक्ष भिक्षु श्रद्धानन्द र सचिव गोविन्द ताम्राकारले वुद्ध धर्मको वारेमा जानकारी गराएका थिए । त्यसैगरी युवा वुद्ध संघ पोखराले शनिबारनै निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शिविरमा तिन सय २५ जना निशुल्क रुपमा स्वास्थ्य परिक्षण गराएको संघका उपाध्यक्ष रवि उदासले जानकारी दिए ।

स्वाथ्य शिविरमा डा.भाईरत्न शाक्य, डा.प्रकाश मिश्र, डा.कुलदिपनारयण अग्रहरी, डा.यज्ञमान शाक्य, डा.छममाया पुन, डा.प्रशान्त श्रेष्ठ, डा.रमेश किरण आचार्य, डा.अभिषेक मान गुभाजु, डा.आशिष काफ्ले, डा.समिर शाक्य, डा.विक्रम हिराचन, डा.रंजिश पहारी र ल्याब टेक्निसियन अरुणकुमार झाको टोली खटिएको थियो ।

कार्यक्रममा डा.कुलदिप नारायण अग्रहरीले यस्ता खालका स्वास्थ्य शिविरले स्वास्थ्यमा पहुच नपुगेका व्यक्तिलाई स्वास्थ्यमा पहुच पु¥याउन मद्दत गर्ने वताए । पोखरा मेडिकल हलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा डा.भाइरत्न शाक्यले कार्यक्रमको वारेमा जानकारी गराएका थिए । युवा वौद्ध संघ धर्मशिला वुद्ध विहारका अध्यक्ष सन्देश उदासको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सदस्य शुशान्त वज्राचार्यले स्वागत र सचिव सकेन्द्र ताम्राकारले कार्यक्रम सञ्चालन गरेका थिए ।

त्यसैगरि बौद्ध उपासिका संघ धर्मशिला वुद्ध विहारले सद्धर्म सभा धर्मसंघ वुद्ध विहार परिशरमा सरसफाई र बौद्ध अर्घौ सदन गौतम बुद्ध मार्गले म्हणी धङग्यूर पूजा प्रारम्भ गरेको छ । आईतबार आँकुर एकल तथा संक्रमित महिला समूह पुरुञ्चौरलाई खाद्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको समारोह समिति कास्कीका सचिव गोविन्द ताम्राकारले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...