श्रीमतीको मृत्यु भएको केही समय पछि श्रीमानको मृत्यु

इटहरी, २ साउन /इटहरी–१३ खनारमा श्रीमान् श्रीमतीको एकैदिन मृत्यु भएको छ । एकैदिन मृत्यु भएका दुवैको शवलाई एकै चितामा दाहसंस्कार गरिएको आफन्तले जानकारी दिएका छन् ।

एउटै तिथिमा श्रीमान श्रीमतीको मृत्यु हुनु दुर्लभ भएको मलामी आएकाहरुले बताएका छन् । यसअघि कास्कीको हेम्जा, स्याङ्जा लगायतका जिल्लामा पनि यस्ता घटनाहरु भएका थिए ।

इटहरी १३ की ७८ वर्षीया नर्वदा भट्टराईको मङ्गलबार ७ बजेर ४५ मिनेट जादाँ मृत्यु भएको थियो । घरपरिवारमा रुवाबासी दुःख मनाउ भइरहँदा नर्वदाका ८६ वर्षीय श्रीमान टिकाप्रसाद भट्टराईको पनि ह्यदयघातका कारण मृत्यु भएको आफन्तले बताएका छन् ।

दुवै जनाको शवलाई इटहरीमा परिक्रमा गराई स्थानीय बुढीखोलामा एकै चितामा दाहसंस्कार गरिएको स्थानीयले बताएका छन् ।

कमेन्टहरु
Loading...